नियम
कार्य विभाजन

१. मन्त्रालयबाट सम्पादन हुने कार्यको विभाजन अनुसूची(२ मा उल्लेख भएबमोजिम हुनेछ।
२. उपनियम ९१० मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै मन्त्रालयको काममा हेरफेर गर्न सक्नेछ ।
३. प्रधानमन्त्रीले कुनै मन्त्रीलाई एक वा एकभन्दा बढी मन्त्रालयको कार्यभार सुम्पन सक्नेछ ।
४.  प्रधानमन्त्रीले कुनै मन्त्रालयलाई तोकिएको काममध्ये केही काम आफैँले वा सम्बन्धित मन्त्रीको सिफारिसमा अर्को कुनै मन्त्रीले हेर्ने गरी तोक्न सक्नेछ ।
तर सम्बन्धित मन्त्री नेपालमा नरहेको अवस्थामा निजको काम कुनै मन्त्रीले वा आफैँले हेर्ने गरी तोक्न त्यस्तो सिफारिस आवश्यक पर्नेछैन ।